arrow

झापा लिग फुटबल शुरू, उद्घाटनमा बिर्तामोड र हल्दिबारीबीच बराबरी 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० मंसिर ७ बिहिबार
jhapa-league-football-2080.jpg

झापा । प्रथम झापा लिग फुटबल प्रतियोगिता शुरू भएको छ । झापाको भद्रपुरस्थित मेची रंगशालामा शुरु भएको जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाले बराबरी नतिजा निकाल्दै अंक बाँडेका छन् ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा भइरहेको प्रतियोगितामा हल्दिबारीले अग्रता लिए पनि बिर्तामोडलेसमेत गोल फकाउँदा २–२ गोलको बराबरी भएको हो । 

खेलको २८ औँ मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काइ बराबरी पार्न सफल भए । 

६२ औँ मिनेटमा बिर्तामोडका रोमन भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । तर ७६ औँ मिनेटमा हल्दिबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि निर्धारित समयसम्म खेल बराबरी हुन पुग्यो ।

खेलको प्लेयर अफ द म्याच हल्दिबारीका हिरण राजवंशीले प्राप्त गर्न सफल भए । 

प्रतियोगितातको उद्घाटन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए । 

प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी जम्मा १५ ओटा टिमले प्रतिस्पर्धा गर्नेछन् । 

 प्रतियोगिताको विजेताले नगद रु ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ