arrow

गरिमा विकास बैंक १७ वर्षमा, १७ संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
garima-bikas-bank-2080-08-07.jpeg

काठमाडौँ । एक्सेस टु अल मूल नारालाई आत्मसात् गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेड १७ वर्षमा प्रवेश गरेको छ । 

बिहीबार आफ्नो स्थापनाकालको १६ औँ वर्ष पूरा गरी १७ औँ बसन्तमा प्रवेश गरेका गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभेच्छुकहरूप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ ।
 
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ । 

हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको र करिब ६८ अर्ब कर्जा लगानीमा रहेको जनाएको छ । 

करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको जनाएको छ । 

१७ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँको पुतलीसडकमा १२३ औँ शाखा विस्तार गरेको छ । देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ ।

यी हुन् १७ सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु–
१. रक्तदान कार्यक्रमः विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भएको छ । 
२. रक्तदान कार्यक्रमः विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको छ । 
३. रक्तदान कार्यक्रमः विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको छ । 
४. गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण ।
५. श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा मा न्यानो कपडा वितरण ।
६. गुरुकुल बृद्धाश्रम, स्याङ्जा मा न्यानो कपडा वितरण ।
७. विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि डस्टबिन हस्तान्तरण ।
८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबिन हस्तान्तरण ।
९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण ।
१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक इन्भर्टर हस्तान्तरण ।
११. प्रशान्ति वृद्धाश्रम केन्द्र (सुर्खेत) लाई आवश्यक बेड हस्तान्तरण ।
१२. ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना ।
१३. वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, वीरगञ्जमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना ।
१४. सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण ।
१५. काठमाडौँको बुढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण ।
१६. नेपाल प्रहरी अनाश्रीत गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण ।
१७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ