arrow
ADVERTISEMENT

कतारी विदेश राज्यमन्त्रीले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
Qatar-minister.jpg

काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल-मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

उनलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे । 

कतारी अतिथिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखी परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरेर आजै स्वदेश प्रस्थान गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ