- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नागरिक बचाउ अभियानका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर वरिपरि सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ ।
उनले शुरुआतमा एक दिनका लागि बिहीबार काठमाडौँमा जुलुससहित प्रदर्शन गर्ने भनेको भए पनि आजदेखि फेरि तीनकुने केन्द्रित आन्दोलन थाल्ने भएपछि सुरक्षास्थिति बिग्रिन नदिन सुरक्षाकर्मी उनको घर वरिपरि बढाइएको हो ।
उनी आफ्नो घरमै रहँदा भीड उत्तेजित पार्न खोजेको आरोपमा दुर्गा प्रसाईका समर्थकहरु विभिन्न स्थानबाट पक्राउ परेका छन् । आन्दोलनको दोस्रो दिन आज काठमाडौँको तीनकुनेमा भेला हुन लागेका प्रसाईका समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
करिब एक दर्जन पक्राउ परेको जनाइएको छ । गणतन्त्रको विरोध गर्दै नागरिक बचाउ अभियान अन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि भेला भएका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो बल्खुमा प्रदर्शन गरेका प्रसाईले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । तर काठमाडौँ जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको थियो ।
उसले शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत विज्ञप्ति जारी गरी दिएको थियो ।
प्रहरीले भीड उत्तेजित पार्न खोजेकाले पक्राउ गरिएको भन्दै त्यस्ता गतिविधिहरु गरेको शंका लागेमा जहाँ पनि जसलाई पनि पक्राउ गर्न सकिने जनाएको छ ।
तीनकुनेमा सरक्षा व्यवस्था कडा पारिएको छ ।
यता प्रसाईले भने आफ्नो आन्दोलन नरोकिने बताएका छन् ।