arrow

फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सचेतना प्रबर्द्धन र जरिबाना अभियान

logo
सौरभ गिरी, 
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
nepaljung-talk-2080-08-07.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘सचेतना प्रबर्द्धन र जरिबाना अभियान’ शुरू गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन प्रभावकारी अभियान संचालन गर्ने निर्णय गरेको हो । 

नेपालगञ्ज उपमहानगरपालिकालेले मंसिर २२ गतेसम्म सूचना प्रकाशनरप्रशारण, माइकिङ र पम्प्लेट वितरणमार्फत सचेतना अभियान संचालन गरेको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए । तत्पश्चात निरन्तर अनुगमन र निरीक्षण गरिने डिसीको भनाइ छ । 

अनुगमनका क्रममा गैरजिम्मेवारी देखिएमा फोहरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना हुनेछ । नगर प्रमुख विष्टले सफा, स्वच्छ र सुन्दर शहर बनाउन नगरवासी सबैले संकल्प गर्नुपर्ने बताउँदै पटक–पटक सम्झाउँदा पनि अटेर गरे अब जरिबाना गरिने बताए । 

‘पहिलो चरणमा स्याम्प्लिङको रुपमा न्युरोड कल्पत्रु होटेलदेखि चारबाहिनी चोकसम्म सघनरुपमा अभियान चलाएर शुरूआत गर्छौं, त्यसपछि यसलाई ब्यापक रुपमा अगाडि बढाउँछौं, उनले भने । 

फोहोरमैला व्यवस्थापन ऐन अनुसार जथाभावी फोहर फालेमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ । नेपालगञ्ज उपमहानगरले दैनिक रूपमा विहान फोहर संकलन गरिरहेको छ । आफ्नो फोहर आफ्नै डस्टबिनमा राखेर फोहोर संकलन गर्ने गाडीमा राख्न प्रोत्साहन गर्न अभियान थालिएको हो । 

बैठकमा उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष मो अय्युब सिद्दिकी, ९ का अध्यक्ष गोविन्द रेग्मी, १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठ, ११ का अध्यक्ष नन्दकिशोर कश्यप, फोहोरमैला व्यवस्थापन अभियन्ता एवम् बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल गिरी, होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्का, वैश्य समाज, मुस्लिम समाज, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ