arrow

राप्रपाले तोडफोड गरेको भीमदत्त पन्तको यो सालिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
bhimdutta-pant-statue.jpg

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड भएको छ । शुक्रबार महेन्द्रनगरमा आयोजित प्रदर्शनीका क्रममा एक समूहले पन्तको सालिक तोडफोड गरेको थियो । 

कञ्चनपुर प्रहरीले सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । 

सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

  राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ