arrow

सिफलमा गएर कुर्लिए दुर्गा प्रसाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
durga-prasai-group-2080-08-09 (10).jpg

काठमाडौँ । नागरिक बचाउ अभियानका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजधानीको सिफलमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गरेका छन् । 

गत बिहीबार बल्खुमा देशभरबाट आएका आफ्ना समर्थकलाई सम्बोधन गरेका उनी शुक्रबार भने कथित नजरबन्दमा रहेका थिए । आफ्नो घर वरिपरि सुरक्षाकर्मी देखेपछि आफू नजरबन्दमा परेको भनी प्रचार गरेका उनले समर्थकहरुलाई भने तीनकुनेमा भेला हुन उक्साइरहेका थिए । 

सोही कारण जिल्ला प्रशासनले भेला हुन रोक लगाएको स्थानमा भेला भएका झण्डै दुई सय जनालाई सुरक्षाकर्मीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो । 

आज भने उनले सिफल पुगेर सम्बोधन गरेका हुन् । 

नजरबन्दमा भएको प्रचार गरेका उनको घरमा भने पटक पटक पत्रकार सम्मेलन गरिरहेका थिए । नजरबन्दमा भएको भने पनि उनले टेलिफोनमा कुराकानी गरिरहेका थिए । 

तर शुक्रबार साँझ स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाई समूहबीच शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । 

सोही सहमति अनुसार आज सिफलमा कार्यक्रम भएको हो । 

प्रसाई समूहले अहिलेको तन्त्र नफाली जिल्ला नफर्कने बताइरहेको छ । यो समूहलाई राजावादी समूहहरु, राप्रपा र राप्रपा नेपालको समर्थन रहेको छ । 

durga-prasai-group-2080-08-09 (1).jpg
durga-prasai-group-2080-08-09 (2).jpg
durga-prasai-group-2080-08-09 (3).jpg
durga-prasai-group-2080-08-09 (4).jpg
durga-prasai-group-2080-08-09 (5).jpg
durga-prasai-group-2080-08-09 (6).jpg
durga-prasai-group-2080-08-09 (7).jpg
durga-prasai-group-2080-08-09 (8).jpg
durga-prasai-group-2080-08-09 (9).jpg
durga-prasai-9.jpg
durga-prasai-9-9.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ