arrow

एनएसएलमा ललितपुर र पोखरा विजयी, वीरगंज र धनगढी भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
nsl-2080-08-09.jpg

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दिनको खेलमा शनिबार ललितपुर सिटी एफएसी र पोखरा थन्डर्स विजयी भएका छन् । साविक विजेता ललितपुरले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको हो ।

दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले पराजित गरेको हो  ।

ललितपुरको जितमा दिनेश हेम्जन र अनन्त तामाङले एक एक गोल गरेका थिए  । दिनेशले खेलको २६औं मिनेटमा गोल गरेका थिए भने अनन्तले खेलको ३१औं मिनेटमा गोल गरेका थिए  ।

शनिबारनै सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई १–० गोल अन्तरले पराजित गरेको थियो । 

एनएसएल अन्तर्गत आइतबार एक खेल हुँदैछ । आइतबार वीरगंज युनाइटेड एफएसी र धनगढी एफसीबीच खेल हुन लागेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ