- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गोर्खा वेमेन फोटो तथा आर्ट प्रदर्शनी शुरु भएको छ । ब्रिटिश गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी शनिबारबाट शुरु भएको हो ।
विसं २०७४ सालमा पहिलो पटक प्रदर्शनी गरेकी चित्रकार सुजना थापा श्रीशले गोर्खा सैनिकको इतिहासमा महिलाको भूमिकालाई समेटेर तयार पारेको फोटो तथा चित्रकला प्रदर्शनी राखिएको छ ।
मंसिर १३ गतेसम्म चल्ने प्रदर्शनीमा ५२ वटा फोटो, १८ वटा चित्रकला र भिडियो दृश्यका साथै कलाकारले काम गरेको सामग्रीहरू पनि राखिएको छ ।
गोर्खा सैनिकको इतिहास धेरै भए पनि महिलाको इतिहास कतै नपाएपछि अध्ययन अनुसन्धान थालेकी उनले ६ जिल्लामा ७० वर्षमाथिका महिलामा गरेको अध्ययनको क्रममा लिएका २० जना महिलाको फोटो, स्केच र भिडियो क्लिप प्रदर्शनीमा राखेकी छिन् ।