arrow

लोकप्रिय बन्दै कुमारी बैंकको सुरक्षा बचत खाता योजना, आठ करोडको बीमा रकम भुक्तान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
kumari-bank-2080-08-10.jpg

काठमाडौँ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका चार हजार पाँच सय ग्राहकलाई ८ करोड रुपैयाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको जनाएको छ । 

कुमारी बैंकले विगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भइ उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरुमार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ । 

बैंकको तथ्यांकअनुसार यस योजना अन्तर्गत शहरी तथा ग्रामीण क्षेत्रबाटसमेत ग्राहकहरु लाभान्वित भएका छन् । 

बागमती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेस प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको बैंकले जनाएको छ । कुल बीमा भुक्तानीमध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।  

कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकाले यो बचत खाता ग्राहकहरुमाझ अत्यधिक लोकप्रिय रेहेको छ । 

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाइहरुमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ