arrow

पहिलो पटक काठमाडौँ बाहिर रास्वपाको केन्द्रीय समिति बैठक, आजबाट जलेश्वरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
rsp-rastriya-swatantra-party-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट शुरु हुँदैछ । रास्वपाले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गर्न लागेको हो । 

बैठक महोत्तरीको जलेश्वरमा हुँदैछ । बैठक मंसिर ११ बाट शुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका छन् ।

 बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन,  केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका अजेन्डा रहेका छन् ।

सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवश्यक निर्णय लिनेछ । उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ