arrow

एनएसएलमा धनगढीले वीरगञ्जलाई हरायो, झापा र इलाम भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
nsl-dhangadi-birjung-2080.jpg

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आइतबार राति सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । 

त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । 

त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे । जितसँगै धनगढीले प्रतियोगितमा तीन अङ्क जोडेको छ । 

आज एउटामात्र खेल हुँदैछ । आज झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ ।

दशरथ रंगशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ