arrow

ऋण खोजेरै प्रचार गर्ने योजनामा प्रचण्ड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
prachanda-mao-2080-08-11-(6.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको राम्रो कामको ऋण खोजेरै प्रचार गर्ने योजनामा रहेको बताएका छन् । 

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उनले राम्रो कामलाई राम्रो भन्न आग्रह गर्दै अब ऋण खोजेर भए पनि प्रचार गर्ने योजना रहेको सुनाए । 

उनले राम्रो कामलाई राम्रो भन्नसमेत पार्टीका संगठन तयार नभएको गुनासो गरे । 

उनले राम्रा कामप्रति गर्व गर्दै जनतामा लैजाने बताउँदै भने, ‘लड्न म चाहिँ छाड्दिन । लड्न छाड्छ कि प्रचण्डले भन्ने ठान्न पर्दैन । जारी राख्छु । सच्चाइ हाम्रो पक्षमा भएकाले जित हाम्रै हुन्छ ।’

माओवादीको साइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट सीपीएनएमसी डट ओआरजी रहेको छ । 

prachanda-mao-2080-08-11 (7).jpg
prachanda-mao-2080-08-11 (8).jpg
prachanda-mao-2080-08-11 (9).jpg
prachanda-mao-2080-08-11 (1).jpg
prachanda-mao-2080-08-11 (2).jpg
prachanda-mao-2080-08-11 (3).jpg
prachanda-mao-2080-08-11 (4).jpg
prachanda-mao-2080-08-11 (5).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ