arrow

एनएसएलमा इलामले झापालाई हरायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
nsl-jhapa-ilam-2080.jpg

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत स्पोर्टिङ इलामले झापा एफसीलाई पराजित गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा इलामले झापालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

इलामको जितमा खेलको ८७ औँ मिनेटमा अमाथ एण्डवले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अमाथले यसअघि यसै खेलमा पेनाल्टी मिस गरेका थिए ।

इलामको दोस्रो खेलमा पहिलो जित हो । यसअघि खेलेको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएको थियो । 

त्यस्तै झापाले भने आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

एनएसएल अन्तर्गत मंगलबार काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुने तालिका रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ