arrow

सबै सांसदलाई केन्द्रीय सदस्य बनायो रास्वपाले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । 

पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए । 

पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति केन्द्रिय सदस्य रहने छन् । पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रिय सदस्यको सङ्ख्या ६० पुगेको छ ।
   
बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ