arrow

नवलपुरमा खेत घट्दै, बर्खे धान उत्पादनमा सामान्य वृद्धि 

logo
सञ्जय भट्टराई,  
प्रकाशित २०८० मंसिर १३ बुधबार
paddy-2080-08-13.jpg

कावासोती । नवलपुरमा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घट्दै गएको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी  विश्वास काफ्लेका अनुसार  जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल १ सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने ९ सय ९ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए । 

उनका अनुसार यस वर्ष जिल्लामा १८ हजार ६ सय २८ हेक्टर क्षेत्रफलमा लगाईएको बर्खे धान  खेतीबाट ७७ हजार ८ सय ६५ मेट्रिक टन बर्खे धान उत्पादन भएको हो । 

गत वर्ष जिल्लामा १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा लगाईएको बर्खे धान खेतीबाट ७६ हजार ९ सय ५६ मेट्रिक टन बर्खे धान उत्पादन उत्पादन भएको थियो । उत्पादकत्वको हिसाबले यो वर्ष जिल्लामा प्रति हेक्टर ४.१८ मेट्रिक टन धान उत्पादन भएको हो ।

जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामन्य वृद्धि भएको बताउँदै सूचना अधिकारी काफ्लेले किसानले विशेषा गरेर साँवा मन्सुली, साबित्री, रामधान, युस–३१२, अनदी लगायतका जातका धान रोपेका जानकारी दिए ।

यसैबीच कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लामा यस वर्ष चैते धानको उत्पादन र लगाइने क्षेत्रफल गत वर्षको भन्दा बढ्ने प्रक्षेपण गरेको छ । 

केन्द्रले ०७९–८० मा जिल्लामा १ हजार २ सय २२ हेक्टर क्षेत्रफलमा ६ हजार १ सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएकोमा यस वर्ष १ हजार ५ सय हेक्टर क्षेत्रफलमा ७ हजार ६ सय ५ मेट्रिक टन चैते धान उत्पादन हुने प्रक्षेपण गरेको हो । 

यस वर्ष अघिल्लो वर्ष भन्दा थप ४ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती प्रबर्द्धनका लागि बजेट व्यवस्थापन भएको बताउँदै सूचना अधिकारी काफ्लेले चैते धानप्रति किसानको आकर्षण बढ्दै गएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ