arrow

विपिनको रिहाइका लागि मन्त्री साउद कतार जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
np-saud-2080-10-29.jpg
तस्बिर-फाइल

काठमाडौँ  । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरेलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सीर २३ गते कतार जान लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । 

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । 

परराष्ट्रमन्त्री साउदले आज गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । 

कतार बसाइँका क्रममा उनी दोहा २१औँ फोरममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ