arrow

रणवीर कपुरको एनिमलको अग्रिम टिकट बिक्री अढाइ लाख भन्दा बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
animal-ranveer-kapoor.jpeg

मुम्बई । रणवीर कपुर अभिनित बलिउड चलचित्र एनिमलले आक्रामक बुकिङ पाएको छ । हालसम्म सो फिल्मले २ लाख ५० हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेको छ ।

जसअनुसार भीभीआर नक्समा १ लाख ९५ हजार तथा सिने पोलिसबाट ५५ हजार टिकट अग्रिम बुकिङ गरेको हो । ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ । 

‘एनिमलको माग यति धेरै छ कि केही थिएटरले बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन् । ट्रेड विज्ञहरुले ‘एनिमल’ लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन् । 

अहिलेको लागि हेर्न बाँकी नै छ ‘एनिमल’ ले बक्स अफिसमा कति कीर्तिमान बनाउने हो त्यो अझै शुक्रबारसम्म हुने बुकिङले देखाएको छ । 

एनिमल सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणवीर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपुर, तृप्ति डिमरी, शक्ति कपुर र सुरेश ओबेरोयलगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म शुक्रबार हिन्दी, तेलुगू, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ