- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नवौँ संस्करण आजदेखि राजधानीको भृकुटीमण्डपमा शुरू भएको छ । मेला मंसिर १८ गतेसम्म चल्ने छ ।
मेलामा नेपाली युवा उद्यमी मञ्चद्धारा नेपालमै बनेको पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन छ ।
मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८–८ स्टलहरु छन् । २१० वटा स्टलहरुमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।
मेलाको सभामुख देवराज घिमिरेले औपचारिक उद्घाटन गरे ।