arrow

एनएसएलमा धनगढीको लगातार दोस्रो जित, बुटवल पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
nsl-dhangadhi-butwal-2080.jpeg

काठमाडौँ । बुटवल लुम्बिनी फुटबल क्लबमाथि १–० को सनसनीपूर्ण जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ । 

परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले अफिजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि धनगढीले दशरथ रंगशालामा बिहीबार बेलुकी सम्पन्न खेलमा बुटवललाई १–० गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले बराबरी खेलेका थिए । इन्जुरी समयमा नेपाली घरेलु फुटबलमा सर्वाधिक सफल स्ट्राइक नाइजेरियन ओलावालेले गोलरक्षकको खुट्टा मुनिबाट बललाई पोस्टको दिशा दिँदै धनगढीलाई ३ अंक दिलाएका थिए । 

यो धनगढीको लगातार दोस्रो जित हो । यसअघि धनगढीले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले पराजित गरेको थियो । जितसँगै धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । 

खेलको प्लेयर अफ द म्याच धनगढीका गोलकिपर मोहम्मद ताहा घोषित भए । 

धनगढीले अर्को खेल आगामी शनिबार ललितपुर सिटी एफसीसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ