arrow

जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
local-gov-2078.jpg

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ । 

गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाअध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो । गाउँसभा नभएपपछि गाउँपालिकाका शिक्षक एवं कर्माचारीको तलब रोकिएको छ । तलब नपाएर उनीहरु आन्दोलनमा उत्रिएका छन् । 

राजनीतिक खिचातानी र जनप्रतिनिधिहरु बीचको आपसी विवादका गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि हुन सकेको छैन । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय निकायले असार महिनाभित्रमा आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ । 

वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका काम प्रभावित भएका छन्भने गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । 

सामाजिक सुरक्षा भत्ता नपाएर वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं एकल महिलालाई गर्जो टार्न कठिन भएको छ । 

गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर गाउँपालिका कार्यालयअगाडि धर्नामा बसेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ