arrow

युरोकपको खेल तालिका सार्वजनिक, ग्रुप अफ डेथमा स्पेन, इटाली, क्रोएसिया र अल्बानिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
eurocup-2024-germany-logo.jpg

काठमाडौँ । युरोकप फुटबल २०२४ को समूह विभाजनसहित खेल तालिका सार्वजनिक भएको छ । १४ जुनदेखि एक महिना जर्मनीमा हुने युरोकपको उद्घाटन खेलमा जर्मनी र स्कटल्याण्ड खेल्ने तय भएको छ ।

समूह एमा जर्मनी, स्वीट्जरल्याण्ड, स्कटल्याण्ड र हंगेरी र रहेका छन् । समूह बीमा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् । यस समूहलाई प्रतियोगिताको ग्रुप अफ डेथ मानिएको छ । 

समूह सीमा स्लोभानिया, डेनमार्क, सर्विया र इङ्गल्याण्ड रहेका छन् । समूह डीमा नेदरल्याण्ड्स, अष्ट्रिया, फ्रान्स र समूह प्लेअफ विजेता ‘ए’लाई राखिएको छ ।

समूह ईमा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ विजेता ‘बी’लाई राखिएको छ । 

समूह एफमा टर्की, पोर्चुगल, चेक रिपब्लिक र प्ले अफ विजेता ‘सी’, छन् ।

प्लेअफको विजेता ए समूहमा पोल्याण्ड, वेल्स, फिनल्याड र स्टोनिया रहेका छन् ।

प्लेअफ विजेता बीमा इजरेल, बोस्निया हर्जगोभिना, युक्रेन र आइसल्याण्ड रहेका छन् ।

प्लेअफ विजेता सीमा जर्जिया, ग्रीक, काजखस्तान र लक्जम्वर्ग रहेका छन् ।

जर्मनीले तेस्रो पटक युरोकप आयोजना गर्दैछ । जर्मनीका १० शहरमा खेलहरु हुनेछन् । 

जर्मनी सबैभन्दा बढी १३ पटकको युरो कप च्याम्पियन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ