arrow

रणवीर कपूरको एनिमलले तोड्यो रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
animal-ranveer-kapoor.jpeg

काठमाडौँ । रणवीर कपूर, रश्मिका मन्दाना, बबि देओल र अनिल कपूर अभिनित चलचित्र एनिमलले बक्स अफिसमा धेरै रेकर्ड तोड्न सफल भएको छ । 

गत शुक्रबार रिलिज भएको फिल्मले दोस्रो दिनमै विश्वभरबाट २३६ करोड भारु कमाएर अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । 

यसले शाहरुख खानको चलचित्र जवालाईसमेत पछाडि छोडेको छ । यो फिल्मले भारतमा मात्रै दुई दिनमा १०० करोड कमाएको छ । यो अहिलेसम्मकै रेकर्ड हो । 

एनिमलले पहिलो दिनमै पनि सर्वाधिक कमाइ गरेर जवानको रेकर्ड तोड्न सफल भएको थियो । 

एनिमलले पहिलो दिन ११६ करोड तथा दोस्रो दिन ११५ करोड कमाएको थियो । तर वल्डवाइड कलेक्सन २३६ करोड कमाएको बताइएको छ ।विज्ञहरुका अनुसार फिल्मले आइतबार अझ धेरै कमाइ गर्नेछ । 

एनिमलले ४५०० स्क्रिन मात्र पाएको हो । शैमबहादुर फिल्मका कारण एक हजार स्क्रिन कम मिलेको बताइएको छ । 

यति हुँदाहुँदै पनि एनिमलको रेकर्ड जवानको भन्दा बढी भएको हो । 

जवानले पहिलो तीन दिनमा भारतबाट १५७ करोड कमाएको थियो । त्यसलाई पनि एनिमलले पछाडि छोड्ने निश्चित छ । शाहरुखको फिल्मले त्यसअघिका सबै रेकर्ड तोडेको थियो । त्यो रेकर्ड अहिले एनिमलले तोडेको छ । 


एनिमल रणवीर कपूरको सबैभन्दा सफल फिल्मसमेत बनेको छ । उनको १६ वर्षको करियरमा आएका २० फिल्ममध्ये ११ फ्लप हुँदा ९ मात्र हिट थिए । 

तर एनिमलले सुपर डुपर हिट दिएको छ । एनिमलले चार रेटिङ पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ