arrow

सोह्र अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको रहेको जनाइएको छ । 
 
जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ