arrow

नेकपा एसको महाधिवेशन जेठमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
NCP-united-socialist-madhav-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले १०औँ महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । 

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको सो पार्टी उपमहासविच एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

पार्टीले आगामी माघ महिनामा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण करिब चार महिनापछि सारिएको हो । 

पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल गरिएको बैठकले महाधिवेशन तयारी समितिसमेत गठन गरेको छ । 

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका साथै अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि आगामी माघ ११ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ