arrow

सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागारमा २६१ विदेशी कैदीबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
Jail.jpg

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् ।

विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए ।

केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उनका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन् । 

साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक/एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ