arrow

जसरी बढ्यो उसैगरी घट्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
gold-silver-final.jpg

काठमाडौँ । सुनको भाउ यो साताका शुरुआती दुई दिनमा यसरी बढ्यो कि नेपालमै सर्वाधिक महँगो भयो । तर जसरी बढ्यो त्यसरी नै मंगलबार र बुधबार सुनको भाउ घटेको छ । 

बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले सोमबार अहिलेसम्मकै सबैभन्दा ठूलो रेकर्ड बनाएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेको थियो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

तर त्यसपछिका दुई दिन भने सुनको भाउ उसैगरी घटेको छ । मंगलबार २४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८०० रुपैयाँले घटेको छ । 

बुधबार तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो । 

यस्तै बुधबार चाँदीको भाउ तोलामा नै २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ