दुर्गा प्रसाईँको २० लाखसम्म ऋण मिनाहा गरिने हल्लाले कर्जा प्रवाह गर्न बैङ्कहरू हच्किए : गभर्नर [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
1k
Shares
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँको २० लाखसम्म ऋण मिनाहा गरिने हल्लाले कर्जा प्रवाह गर्न बैङ्कहरू हच्किएका नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
बुधबार बसेको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले बैङ्कहरूमा कर्जाको माग कमी हुनुमा प्रसाईँले २० लाखसम्मको ऋण मिनाहा गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा बैङ्कहरू हच्केको बताए ।