arrow

लोकतन्त्रको रक्षार्थ नौ जिल्लामा नागरिक संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
Santi samaj.jpg

काठमाडौँ । लोकतन्त्रको रक्षार्थ, सुशासनको प्रत्याभूति र सद्भाव प्रवर्द्धनमा केन्द्रित रही मानवअधिकार तथा शान्ति समाजले नौ जिल्लामा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । 

यही मङ्सिर १६ गते कास्कीको पोखराबाट सुरु भएको अभियानअन्तर्गत मङ्सिर २० सम्ममा स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चिवतन, गोरखा र नुवाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको समाजले आज विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बरालसहित स्थानीय, नागरिक समाजका प्रतिनिधि र राजनीतिक समाजका प्रतिनिधिले मन्तव्य व्यक्त गरेको नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट नौवटा नागरिक सङ्कल्पसमेत जारी भएको छ । 

पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन मङ्सिर २४ गते काठमाडौँ रामशाहपथस्थित नेपाल बार एशोसिएसनको सभाकक्षमा दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा नागरिक सङ्कल्प र नौ जिल्लामा व्यक्त नागरिक आवाजको सार प्रस्तुत गरिने छ । यो कार्यक्रम देशव्यापीरूपमा आयोजना गरिँदै छ ।

मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले विसं २०५३ जेठ १९ गते स्थापित मानवअधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्था हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ