arrow

धतोपत्र बोर्डले आईपीओ, एफपीओ निष्कासन स्थगन तत्काल खोल्नुपर्छ: अध्यक्ष ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
chandra-dhakal- 2023-12-08 125601.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्कासन रोक्न नहुने बताएका छन् । महासङ्घका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आईपीओ, हकप्रद, एफपीओ निष्कासनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताए । 

अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउनको लागि लगानी सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आईपीओ निष्कासन स्थगित गर्नु नहुने बताए । शुक्रवार न्युज एजेन्सीसँग कुराकानी गर्दै अध्यक्ष ढकालले सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूले समेत लगानी सम्मेलन गरिरहेको बताए । उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरू आईपीओ निष्कासनको तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताए । 

उनले मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरू पूरा गरेका कम्पनीहरूको आईपीओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय बिस्तारदेखि कर्जा र ई कुटीको रेसियो व्यवस्थापन समस्या पर्ने थालेको बताए । उनले सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आईपीओ निष्कासन तत्काल अनुमति दिन आवश्यक रहेको बताए । 

अध्यक्ष ढकालले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आईपीओ निष्कासनको लागि तयारी गरेका कम्पनीहरूलाई अटो पाइलटको रूपमा आईपीओ निष्कासनमा जाने व्यवस्था गर्नुपर्ने बताए। उनले सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजश्व बढाउने प्राथमिकता दिएको बताए । उनले सर्वसाधरणहरुलाई कम्पनीको शेयर मालिक बनाउनको लागि अटोपाइलटको रूपमा आईपीओ निष्कासन अनुमति दिन आवश्यक रहेको बताए ।

 उनले समग्र लगानी र सरकारले लिन खोजेको उद्योग व्यवसायी बढाउने नीतिमा समेत आईपीओ निष्कासन रोक्दा गलत सन्देश जान लागेको बताए । उनले आईपीओ निष्कासन रोक्दा आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय लगानीमा समेत गलत सन्देश जाने भन्दै सरकारले तत्काल प्रक्रिया पूरा गरेका कम्पनीहरूलाई आईपीओको अनुमति दिन आवश्यक रहेको बताए ।

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ