arrow

राष्ट्रिय अनुसन्धानमै नक्कली कर्मचारी नियुक्त, तलब नपाएपछि बाहिरियो घटना  

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
fahad-khaa-nepaljung-thug.jpg

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

नेपालगञ्ज १७ का प्रदिप वर्मासँग ३६ हजार रुपैयाँ लिएर अनुसन्धानको विभागको छाप कीर्ते गरी नक्कली नियुक्त पत्र बनाएर जागिर लगाइदिएका नेपालगञ्ज २२ का फहद खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेका खाँले वर्मालाई २०८० भदौ ३ गते जागिर लगाएर तलब नदिएपछि घटनाको रहस्य बाहिरिएको हो।

प्रहरीले अन्य कोहीलाई निजले ठगी गरेको भए जिल्ला प्रहरीमा उजुरी दिन अनुरोध गरेको छ ।

प्रहरीले पक्राउ परेका खाँसँँग थप अनुसन्धान भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ