arrow

राष्ट्रिय सभा अध्यक्षमा गोपालमान र कृष्ण सिटौलाले सक्रियता बढाउँदा एसको पनि दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
Parliament_building-1619601493.png

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षका लागि नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका बेला गठबन्धन दल नेकपा एसले पनि दाबी गरेको छ  । 

राष्ट्रिय दलकोसमेत मान्यता नपाएको नेकपा एसले राष्ट्रिय सभाको अध्यक्ष दाबी गरेको हो । नेकपा एसका एक पदाधिकारीका अनुसार अध्यक्ष माधवकुमार नेपालले सो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरिसकेका छन् । 

संघीय संसदको निर्वाचन अघि नै बनेको गठबन्धनमा यो विषयमा अनौपचारिक सहमति भैसकेकाले पुनः स्मरण मात्रै गराएको ती पदाधिकारीले दाबी गरेका हुुन् । 

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने ६ सदस्यीय परिषद्को सदस्यसमेत रहने भएकाले माओवादी र नेकपा एसले रुची गरेको स्रोतको दाबी छ । 

उता कांग्रेस पनि छोड्ने मुडमा नभएका बेला एसले दाबी गरेको हो । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन सकिएपछि मात्रै यो विषयमा बताउन सकिने बताए । ‘पहिला निर्वाचन सकियोस अनि मात्रै अरु कुरा गरौँला’, उनले भने । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासहित २० सांसदको अवधि आगामी फागुन २० बाट सकिँदैछ । म्याद सकिनुभन्दा एक महिनाअगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान बमोजिम रिक्त स्थान पूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदैछ । 

२० सांसदमध्ये १९ जना निर्वाचनबाट र १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ । 

१९ सिटका लागि हुने निर्वाचनमा सत्तारूढ दलहरूले चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । 

सत्तारूढ दलबाट रिक्त हुने संख्या कायम राखेर प्रमुख प्रतिपक्ष एमालेको सिटमा भागबन्डा हुनेछ । 

राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र १ गरी १९ पद रिक्त हुँदैछ । 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी विमला राई पौड्याल एमाले नेतृ हुन् । उनकोसमेत गर्दा एमालेबाट रिक्त हुने ९ सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने गरी अनौपचारिक छलफल भइरहेको छ । 

नेकपा एसले पार्टीभित्रको सन्तुलन मिलाउन उपाध्यक्ष बेदुराम भुसाललाई कृषि मन्त्रीबाट हटाएर अध्यक्ष बनाउन चाहेको छ । राष्ट्रय सभामा उनलाई पठाएमा एसले एक अर्को नेतालाई मन्त्री बनाएर पठाउने मनसाय व्यक्त गरेको छ । 

पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा एसको तर्फबाट मेयर रहेका छन् । उनीहरु पनि गठबन्धनकै सहयतमा विजयी बनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ