- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् ।
२२ बैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि सकिन ८ महिना बाँकी थियो ।
राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
नयाँ महासचिवमा हाल सचिव रहेका पद्मप्रसाद पाण्डेय सिफारिस भएका छन् ।