arrow

रुसी सेनामा भर्ती हुने नेपालीको संख्या दुई सय भन्दा बढी छ : प्रधानमन्त्री [भिडियो]

गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
prachanda-press-center.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या दुई सय बढी रहेको औपचारिक जानकारी आएको बताएका छन् । 
 
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरू रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको बताए ।

 उनले रुसी सेना बनेका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरू युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए । 

उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढी रहेको पनि बताए ।

उनले भने, ‘चाहे रुस युक्रेनको युद्ध, हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढङ्गले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्याङ्क हामी खोज्दै छौँ । विगतमा देख्न व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढी रहेका छौँ ।’


प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए । उनले गठबन्धनका बैठकहरू हेर्दा प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एक थरीको खेल कसरत भई नै रहेको छ । तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ