माधव सापकोटाले दुई तथा विश्वप्रकाश शर्मा र विराजभक्त श्रेष्ठले गरे एक–एक गोल
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
1.1k
Shares
काठमाडौँ । संघीय संसद् सेवा दिवस २०८० को आयोजनामा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच मैत्रीपूर्ण फुटसल खेल भएको छ ।
प्रतिनिधि सभाको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका छन् ।
खेलमा प्रतिनिधि सभाको टोली विजयी भएको छ । प्रतिनिधि सभा ४–० ले विजयी भएको हो ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले दुई तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले एक–एक गोल गरे ।