- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अघिल्लो हप्ता आकासिएको सुनको मुल्य यो साता शुरुदेखि नै लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्वजनिक गरेको मुल्यसूची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।
महासङ्घले आज सुनको मुल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।
सोमबार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो ।
सुनको मूल्य लगातार तेस्रो दिन गिरावट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।