arrow

वास्तविक जीवनमा छुट्टिएका बाउछोराबीच एनिमलले गरायो पुनर्मिलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
film-animal-impression.jpg

मुम्बई । एनिमल चलचित्रहरूको क्रेज सुस्त हुने संकेत देखिँदैन । रिलिजको दिनदेखि नै चर्चामा रहेको यो फिल्मको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ ।

यही कारणले गर्दा सायद अहिले फिल्म एनिमलको प्रभाव वास्तविक जीवनमा पनि देखिन थालेको छ । वास्तवमा, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसका अनुसार एनिमल चलचित्रका कारण बाबु र छोरा बीचको रिस हटेको छ र उनीहरू दुवै बीचमा पुनर्मिलन भएको देखिएको छ । 

अहिले यो भिडियो भाइरल भएको देखेर मानिसहरु भावुक भएका छन् । यो भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भयानी नामको एकाउन्टबाट शेयर गरिएको छ, जसको क्याप्सन यस्तो छ –यो सन्दीप रेड्डी वांगाको फिल्मको प्रभाव हो ।

यो भिडियोलाई अहिलेसम्म सवा लाखले लाइक गरेका छन् । भिडियो हेरिसकेका प्रयोगकर्ताहरूले यसमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् र आफ्नो भावना व्यक्त गरिरहेका छन्।

भिडियोमा देख्न सकिन्छ कि कसरी छोराको आँखामा खुशीको आँसु लिएर बाबुको खुट्टा छुन्छ र त्यसपछि बाबुले छोरालाई मायाले अँगालो हाल्छन् । 

यस क्रममा दुवैको आँखा आँसुले भिजेको देखिन्छ । भिडियोका अनुसार डेढ वर्षको आक्रोश अन्त्य गरेर बाबुलाई भेटेपछि छोराको खुशी आँखाबाट झल्किएको थियो ।

दुवैले अलग अलग रूपमा रणवीरको एनिमल हेरेका थिए, जसले उनीहरूलाइ भावुक बनाएको जनाइएको छ । त्यसपछि उनीहरू बीचमा पुनर्मिलन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

हालै रिलिज भएको चलचित्र एनिमलमा बाबुछोराको जटिल सम्बन्धलाई एकदमै फरक ढंगले देखाइएको छ । फिल्ममा रणवीर एक छोराको भूमिकामा छन्, जो आफ्ना बुवा अनिल कपूरको माया पाउन चाहन्छन् । 

फिल्ममा रणवीर आफ्नो बुवाको खुशी र सुरक्षाका लागि जुनसुकै हदसम्म जान तयार देखिन्छन् । फिल्मको यो दृश्यको प्रभाव अहिले वास्तविक जीवनमा पनि देखिएको छ । 

यस फिल्ममा रणवीर कुपर र अनिल कपूर बाहेक रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी जस्ता चर्चित स्टारहरू रहेका छन् । 



नयाँ