arrow

बागमती नदीबाट अवैधरूपमा ढुङ्गा निकासी

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० मंसिर २७ बुधबार
bagmati-river-illegar-suppl.jpg

रौतहट । चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती नदी किनारमा सयौँ घनमिटर ढुंगा उत्खनन गरेर भण्डार गरिएको छ । चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का हालसम्म नलगाएको अवस्थामा अवैधरूपले उत्खनन गरेर भण्डार गरिएको छ ।

 सयौँ घनमिटर ढुंगा सम्बन्धित निकायले जफत गर्नुपर्ने  स्थानीय वासिन्दाले माग गरेका छन् । अवैद्य रुपमा नदीबाट उत्खनन गरेर बागमती किनारको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरु र व्यवसायीले बिक्री वितरणसमेत गर्दै आएको सरोकारवालाहरु बताउँछन् । 

चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का नलगाएको अवस्थामा  ढुङ्गा संकलन गर्ने नियम विपरीतको कार्य गरेको गुनासो छ ।

उनीहरुले ढुंगा बिक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजाँदा सर्लाहीको बागमती नगरपालिकाको ढुंगा हो भन्दै लाने गरेका छन् ।

नियम विपरीत संकलन गरेर राखिएको ढुंगा नगरपालिकाले जफत गर्नुपर्ने स्थानीयको माग रहेको छ । 

डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले नियम विपरीत बागमती नदी किनारमा उत्खनन गरेर भण्डार गरी राखेको ढुंगाको विषयमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ