arrow

ब्ल्याक एन्ड डेकरको 'विन्टर चिल्स, सिजलिङ डिल्स’ क्याम्पेन सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
black-and-deckor-2080-08-28.jpg

काठमाडौँ । ११३ वर्षको लामो इतिहास बोकेको विश्वविख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्ल्याक एन्ड डेकरले जाडोलाई लक्षित गरेर 'विन्टर चिल्स सिज्लिङ डिल्स' क्याम्पेन सार्वजनिक गर्दै  जाडोमा उपयोगी विभिन्न उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ । 

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्ल्याक एन्ड डेकरले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओएफ आर हिटर, पीटीसी हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको  हो ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एन्ड डेकरका उत्पादनहरु आधुनिक डिजाइनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

ब्ल्याक एन्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो शुरुआती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्ल्याक एन्ड डेकरका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ । नेपालको लागि ब्ल्याक एन्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ