arrow

रणवीरको एनिमल आठ सय करोड क्लबमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
ranbir-kapoor-animal-new.jpg

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरको फिल्म ‘एनिमल’ले बक्स अफिसमा आफ्नो वर्चस्व कायम राखेको छ ।

फिल्मले हरेक दिन करोडौँको कमाई गरिरहेको छ । चलचित्रको सङ्कलन दिनप्रतिदिन बढ्दै गएको छ । अब यो फिल्मले नयाँ कीर्तिमान बनाउन लागेको छ ।

भारतबाहेक विदेशमा पनि एनिमलले तरङ्ग मच्चाइरहेको छ । अब रणवीर कपूरको फिल्मको विश्वव्यापी कलेक्सनको पछिल्लो तथ्यांक बाहिर आएको छ ।

एनिमलले अहिलेसम्म विश्वभर उत्कृष्ट कलेक्सन गरेको छ । आज अर्थात १६ औँ दिन फिल्म आठ सय करोड भारु क्लबमा प्रवेश गरेको छ । 

सैकनिल्कको रिपोर्ट अनुसार ‘एनिमल’ ले १६ दिनमा विश्वभर ७९६ करोड भारु कलेक्सन गरेको छ। यसरी यो रणवीर कपूरको करियरको पहिलो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

सन्दीप रेड्डी वांगाले ‘एनिमल’ निर्देशन गरेका हुन् । यसमा रणवीर कपूरका अलावा अनिल कपूर, रश्मिका मन्डन्ना र तृप्ती डिमरीको मुख्य भूमिका छ । यससँगै बबी देओलले खलनायकको भूमिका निर्वाह गरेर फ्यानको मन जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ