arrow

ग्लोबल आईएमई बैंकको प्राथमिकताः पहुँच नपुगेका नागरिकलाई बैंक सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
global-ime-bank-building-fi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ग्लोबल आईएमई बैंक अधिकांश स्थानीय तहमा उपस्थिति जनाउने एकमात्र बैंक बनेको छ । २० ओटा वाणिज्य बैंक रहेकामा ५५ प्रतिशत स्थानीय तहमा ग्लोबल आईएमईको सेवा रहेको छ भने बाँकी ४५ प्रतिशत अन्य बैंकले समेटेका छन् । 

नेपालमामात्र सीमित नभएको यो बैंकका विदेशमा पनि शाखा रहेका छन् । यो बैंकले ११ सय भन्दा बढी सेवा स्थलबाट सेवा दिइरहेको जनाएको छ । बैंकका हाल ३५१ शाखा कार्यालय छन् भने २७४ ओटा शाखारहित बैंकिङ सेवा (ब्रान्चलेख बैंकिङ, बीएलबी) रहेका छन् । 

त्यसैगरी एक्सटेन्सन ६६ ओटासमेत रहेका छन् । त्यस्तै २७ ओटा रेभिन्यू एवं क्लियरिङ काउन्टर रहेका छन् । पछिल्लो समय बैंकले एकैसाथ ४ ओटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५, बूढानीलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

ग्लोबल आईएमई बैंक मुलुकका ७७ ओटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएको छ । 

त्यसैगरी बैंकले अमेरिका, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

यसैबीच पुनः निर्वाचित बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् ।

उनले बैंकका ७७ जिल्लाहरुमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । 

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९–०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए । उनले कूल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए । 

उनले बैंकले मुनाफाबाट बैंकका शेयर धनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताए । उनले आर्थिक वर्ष २०७९–०८० को नाफाबाट १ प्रतिशत बोनेस शेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे । 

अध्यक्ष ढकालले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिए । 

उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबैगरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब, कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।

उनले भने, ‘आर्थिक वर्ष २०७९–०८० मा बैंकको मुनाफा ९ अर्ब २६ करोड ५५ लाख करपछिको मुनाफा ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ । बैंकले मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।’

अध्यक्ष ढकालले अगाडि भने, ‘आर्थिक वर्ष २०७९–०८० को नाफाबाट १ प्रतिशत बोनेस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्नेछ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब कूल कर्जा ३ खर्ब ७४ अर्ब रहेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भई १७ अर्ब १० करोडका साथै खुद मुनाफामा ३५ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड ४४ लाख हासिल गर्न सफल भएको छ ।’

सबै नागरिकको पहुँचमा बैंक पुग्नुपर्ने भन्दै बैंकको पहुँचमा नपुगेका नागरिकहरूलाई बैंकिङ सेवा पुर्याउने आगामी कार्यदिशा रहेको बताउँदै ढकालले भने, ‘कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको छ ।’

उनले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए । उनले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताए ।

ग्लोबल आईएमई बैंकले गत बिहीबार मंसिर २८ गते बैंकको १७ औँ वार्षिक साधारण सभा गरेको थियो । 

सबै जिल्लालाई समेट्दा कहाँ कहाँ छन् त बैंकका कार्यालयहरु ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ