arrow

ग्लोबल आइएमई बैङ्कले जित्यो अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
global-ime-futsal- -winner-2081.jpg

काठमाडौँ। बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ। नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैङ्क फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैङ्क विजयी भएको हो।

विजयी हुँदै ग्लोबल आइएमईले ५०  हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

२९ टिमबिच भएको तिन दिने प्रतियोगिताको अन्तिम दिन आज  १६ टिमबिच क्वाटर, सेमी र फाइनल खेल भएको थियो। यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैङ्कका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैङ्ककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए।

यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैङ्कका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैङ्कका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको हो। 

उपाधि विजेता, उपविजेता तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए।

खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्घाटन गर्दै प्रतियोगिताको सफलताको कामना गरे।  
प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक, सह प्रायोजकमा ग्लोबल आइएमई बैक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन्।



नयाँ