arrow

मनाइयो राष्ट्रिय झण्डा दिवस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
jhanda-diwas-new.jpg

काठमाडौँ ।  छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको थियो । 

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसङ्घमा नेपालको झण्डालाई अङ्गीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रूपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताए ।

उनले भने, ‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसङ्घमा नेपालको झण्डालाई अङ्गीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रूपमा सम्झिने गर्छौँ । झण्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको सुरुवात गरेका हौँ । नेपालीलाई नै झण्डाको एउटा महत्त्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो ।’

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ