arrow

भित्री रूपमा मन्त्री फेर्ने तयारी, बाहिर रक्षात्मक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
prachanda-cabinet-new-2080.jpg

काठमाडौँ । मन्त्रीहरूले जनअपेक्षा अनुरूप काम नगरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले बनाएका मन्त्रीहरू फेर्ने तयारीमा रहेका छन् । 

सरकारमा सहभागी सबै दलका मन्त्री चित्त बुझ्दो जिम्मेवारी बहन गर्न नसकेको भनी प्रचण्ड रुष्ट भएका हुन् । प्रचण्डले गत महिनादेखि नै असन्तुष्ट पोख्दै आएका छन् । 

यता सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्री फेरबदललाई लिएर रक्षात्मक उत्तर दिएकी छन् । उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको बताएकी छन् । 

उनले भनिन्.' मन्त्रीहरूको जिम्मेवारी हेरफेरको कुराहरू छ, यो विषयमा कुनै छलफल भएको छैन, आवश्यकताअनुसार परिवर्तन यस्तो हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । अहिले मन्त्रीहरू केही परिवर्तन हुन्छ की भन्ने कुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र भएको छैन, यो सम्भावना तत्काल छैन ।’

प्रचण्डकै पार्टी माओवादीभित्र पनि असन्तुष्टि चुलिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर पहिलेदेखि नै असन्तुष्टि छ । 

विभिन्न कारणले प्रचण्ड अर्थमन्त्री प्रकाशशरण महतसहितको टोली फेर्ने मनस्थितिमा पुगेको आङ्कलन गर्न थालिएको छ ।

प्रवक्ता शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न भने सकिने स्विकारिन्।

उनले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको बताएकी छन् । ।

उनले भनिन्, ‘सरकारले लय गुमायो की भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौँ । सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने हो । सरकार आफ्नो नीति र उद्देश्यमा विचलित छैन । सरकार आफ्नो उद्देश्यमा अविचलित छ ।' 

प्रवक्ता शर्मा यस्तो भनाइ आइरहँदा मन्त्री फेरबदलको समय थप चलखेल हुनसक्ने भएकाले सरकार रक्षात्मक बनेको बुझ्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ