arrow

प्रभासको सालारको टिकट बुकिङ शाहखखको डंकीको भन्दा बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
dunki-salaar.jpg

मुम्बई । आगामी २१ र २२ डिसेम्बरमा फ्यानहरूको प्रतीक्षा क्रिसमसको भन्दा बढी छ । किनभने शाहरुख खानको सन् २०२३ को तेस्रो फिल्म डंकी र प्रभासको बहुप्रतिक्षित फिल्म सालार रिलिज हुँदैछ। 

यी चलचित्रको क्रेज सामाजिक सञ्जाल हेरेर अनुमान गर्न सकिन्छ । अहिले अग्रिम बुकिङको मामिलामा पनि यी दुई फिल्मबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ । 

यसैबीच बुक माई शोको डंकी र सालारको पहिलो २४ घण्टामा बिक्री भएको टिकटको तथ्याङ्क बाहिर आएको छ, जसमा को–को अगाडि छ भन्ने प्रष्ट देख्न सकिन्छ ।

वास्तवमा, बुक माई शोमा ड‌ंकी  र सालारको अग्रिम बुकिङ टिकटको तथ्यांक सार्वजनिक भएको छ, जसअनुसार सालार शाहरुख खानको डंकीको भन्दा धेरै अगाडि गएको छ । 

तथ्याङ्क अनुसार बुक माई शोमा २४ घण्टामा सालारको ३७.७६ हजार टिकट बिक्री भइसकेको छ भने उही समयमा शाहरुखको डङ्कीको २८ लाख ५३ हजार मात्रै टिकट बिक्री भइसकेको छ । यद्यपि यो संख्या एउटा प्लेटफर्मको लागि मात्र हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ