arrow

नेकपा एसको सचिवालय बैठक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौँमा शुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो । 

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । 

उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । 

गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ