arrow

बाँके ट्राफिकले पाँच महिनामा उठायो एक करोड राजस्व 

logo
सौरभ गिरी,
प्रकाशित २०८० पुष २ सोमबार
banke-traffic-police-office.jpeg

कोहलपुर । बाँके ट्राफिक प्रहरीले जिल्लाभर ट्राफिक व्यवस्थापनलाई चुस्त पार्ने अभियानमा यस आर्थिक वर्षको ५ महिनामा  जरिबाना वापतको  झण्डै १ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

आव. २०८० शुरु भएयताको मंसिर मसान्तसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाभरबाट ट्राफिक नियमको उल्लंघन गर्दै चलेका ११ हजार ८६८ सवारीसाधनलाई कारबाही गर्दै ९१ लाख ४८ हजार ५ सय रुपैयाँ र ८१९ चालकलाई  मादक पदार्थ (मापसे) कारबाही गर्दै ८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।

ट्राफिक प्रमुख सुवेदीका अनुसार गत साउनमा ट्राफिक नियम उल्लंघन गरी चलेका १७५७ सवारीसाधनलाई कारबाही गर्दै १३ लाख ६७ हजार ५ सय जरिवाना गरेको छ भने साउन महिनामै मादक पदार्थ (मापसे) सेवन गरेर चलाइएका १४४ जना चालकलाई कारबाही गर्दै १ लाख ४४ हजार रुपैयाँ राजस्व उठाएको हो ।

त्यस्तै भदौ महिनाभर १९६१ सवारीसाधनबाट १५ लाख ६ हजार ५ सय र मापसे कारबाहीमा १४८ चालकलाई कारबाही गर्दै १ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो।

ट्राफिक प्रहरीले असोज महिनामा ट्राफिक नियम विपरीत चलेका २६७८ सवारीसाधनबाट २० लाख ४५ हजार र मापसे कारबाहीमा १३८ चालकबाट १ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रमुख सुवेदीले जानकारी दिएका छन् ।

नियम उल्लंघन गरी कार्तिक महिनामा जिल्लाभरमा चलेका २४७६ सवारीसाधनलाई कारबाही गर्दै  बाँके ट्राफिकले १८ लाख ९९ हजार रुपैयाँ र मापसे कारबाहीमा २३१ चालकबाट २ लाख ३१ हजार रुपैयाँ संकलन गरेको हो भने मंसिर मसान्तसम्म ट्राफिक प्रहरीले २९९६ सवारीसाधनबाट २३ लाख ३० हजार ५ सय र मापसे कारबाहीमा १५८ चालकबाट १ लाख ५८ हजार रुपैयाँ संकलन गर्दै साउनयता ५ महिनामा ९९ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्न सफल बनेको  सुवेदीले बताए।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी बाँकेले जिल्लामाभरमा ३९ हजार ८७६ जनालाई ट्राफिक सचेतना तालिम दिएको छ। बाँके ट्राफिक प्रहरीका अनुसार गत साउन महिनामा १२१ पटकको ट्राफिक सचेतन कार्यक्रममा ६७ सय २६ जना सहभागी भएका थिए भने भदौमा १५३ पटकमा ६८ सय ५६ जना र असोज महिनाभर १८५ पटक दिएइको ट्राफिक सचेतना कार्यक्रममा ७२ सय ९० जना सहभागी भएका थिए।

यस्तै कार्तिक र मंसिरमा क्रमशः २०४ पटकमा ६९ सय ८९ र २३२ पटकको सचेतना कार्यक्रममा १२ हजार २३ जना सहभागी भएको बाँके ट्राफिक प्रहरी प्रहरी सुवेदीले बताए।

गत साउनयता ट्राफिक प्रहरी बाँकेले जनाएअनुसार ५ माहिनामा सवारी दुर्घटनामा परी २९ जनाले ज्यान गुमाएका छन् ।

गत साउनमा जिल्लाभर भएका ८ वटा सवारीसाधन  दुर्घटनामा ३ जनाले ज्यान गुमाए भने ६ जना गम्भीर र ४ जना सामान्य घाइते भएका थिए। त्यसैगरी भदौमा १० सवारीसाधन दुर्घटनामा ९ जनाले ज्यान गुमाएको र ७ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ।

त्यस्तै असोजमा  ११ सवारीसाधन  दुर्घटनामा ४ जनाले ज्यान गुमाएको र उक्त सवारीसाधन दुर्घटनामा ९ जना गम्भीर घाइते भए भने ७ जना सामान्य घाइते भएका हुन् । 

कार्तिक महिनामा २५ सवारी दुर्घटनामा ७ जनाको मृत्यु भयो भने १९ जना गम्भीर र ११ जना सामान्य घाइते भएका थिए। मंसिरमा जिल्लाभर  ११ सवारी दुर्घटनामा ६ को मृत्यु हुनुको साथै ७ जना गम्भीर र २ सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ।

त्यस्तै गत साउनमा ५ छाडा चौपायाको मृत्यु भयो भने १ घाइते भएको र भदौमा १ को मृत्यु र १ छाडा चौपाया घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।

माथि उल्लेखित जरिवानाको बापतको राजस्व गत आर्थिक वर्षको ५ महिनाको तुलनामा बढी हो। हाल बाँके ट्राफिक प्रहरीले दैनिकजसो ट्राफिक सचेतना कार्यक्रम दिदै गर्दा सवारी दुर्घटनामा केही कमी आएको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ