arrow

ग्लोबल आईएमई बैंकको ‘भिजा स्क्यान टु पे’ बाट कार्ड बिनै पेमेन्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
global-ime-visa-scan-to-pay-2023.jpg

काठमाडौँ । मुलुकभर विस्तारको योजना बनाएको ग्लोबल आईएमई बैंकले प्रविधिमा पनि सशक्त भूमिका निभाइरहेको छ । पहिल्लो समय बैंकले  ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुरुआत गरेको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेन्ट गर्न सक्नेछन् ।

भिजा स्क्यान टु पे एउटा कार्डदेखि व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गरे ।

अब ग्लोबल आईएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ