arrow

ग्लोबल आइएमई बैङ्कको अगुवाइमा भिजा स्क्यान टू पे भुक्तानी प्रणाली शुरु

क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
global-ime-scan-to-pay-2080-09-02.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्कको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा “भिजा स्क्यान टू पे” भुक्तानी प्रणालीको सुरु गरिएको छ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट, ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नीरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैङ्कका भिजा कार्ड बाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैङ्कको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर स्क्यान गरी कुनै पनि पेमेन्ट गर्न बैङ्कले जनाएको छ।

भिजा स्क्यान टू पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो। यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक भट्टले बैङ्कले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशे ढुङ्गा साबित हुने बताए।

उनले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्य अनुसार नयाँ नयाँ प्रविधिको विकास गरेकोमा बैङ्क लगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैङ्क नयाँ प्रविधिको विकास र विस्तारमा सधैँ अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताए।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाहरूबिच ठूलो सहकार्यको आवश्यकता रहेको बताए।

स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए।

भिजाका नेपाल, बङ्गलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए।

ग्लोबल आइएमई बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुसरण गर्न ठूलो समस्या रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराए।

कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका ट्रान्ज्याक्सन बैङ्किङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेलले नयाँ प्रविधिको प्रयोग तथा यसका फाइदाबारे बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ