arrow

लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन : ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
pradeep-gyawali-uml.jpg

क्तपुर। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन् ।

कसैलाई पनि निषेध गर्न खोज्न नहुने उनले उल्लेख गरे ।

 उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस भइरहेको बताए । 

उनले भने, “एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले विभिन्न धम्की दिए, यो लोकतन्त्र विरोधी कार्य हो ।”

जनता सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको एमालेको अभियानका क्रममा पाएको उपमहासचिव ज्ञवालीले बताए । 

मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले एनसेल करछलीको निष्पक्षरुपमा छानबिनको माग गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ